५० प्रतिशत अनुदानमा धानको बीउ बितरण
नवलपरासी । बर्दघाट नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउ बितरण गरेको छ । नगरले सहकारी एंव संघसंस्थामार्फत उन्नत बीउ प्रदान गरेको हो ।
नगरले मधुवन कृषि बहुउदेश्शीय सहकारी संस्था बर्दघाट ९ जनभावना बहुउदेश्शीय सहकारी संस्था बर्दघाट १२ र सिर्जनसिल बिउ बैक बर्दघाट १५ लगायतका सहकारी संस्था मार्फत कृषकलाई बीउ वितरण शुरु गरेको छ ।
बीउ बितरण प्रणालीबारे नगर प्रमुख धीरज शर्मा बस्यालले अनुगमन समेत गरेका छन् ।
अनुगमनको क्रममा प्रमुख बस्यालले नगरमा धान उत्पादन बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने उदेश्यले धानको बिउ वितरण शुरु गरिएको बताउनुभयो ।
किसानहरुले नगरले यसैगरी कृषिमा अनुदान दिनुपर्ने बताउदै अझ समयमै धानको बिउ बितरण हुनुपर्नेमा जोड दिएका थिए ।
कृषि विकास अधिकृत युवराज लम्सालका अनुसार जेठ १५ गते सम्म धानको बिउ वितरण सम्पन्न गर्ने गरी योजना बनाइएको छ ।
लालपुर्जा भएका कृषकले लालपुर्जाको प्रतिलिपि सहितका कागजपत्र र नभएकाले वडाको सिफारिस लिएर योजनामा समाबेश हुन सक्ने बर्दघाट नगरपालिका कृषि शाखाका जेटिए खुमकान्त न्यौपानेले जनाए ।
