अखिल क्रान्तिकारीको जनचेतना कार्यक्रम
नवलपुर । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) नवलपुरले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको समन्वयमा स्वास्थ्य जनचेतना कार्यक्रम गरेको छ ।
जिल्लाको गैंडाकोट र देवचुली नगरपालिकामा भौतिक दूरी कायम राख्दै विद्यार्थी नेता कार्यकर्ताको उपस्थिती र स्थानीय जनसमुदायको सहभागीतामा उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रम गर्नु पहिले विद्यार्थीलाई माक्र्स कसरी लगाउने, किन लगाउने, यसको उद्देश्य के र आम जनसमुदायलाई सुरक्षित रहन कसरी अपिल गर्ने भन्ने विषयमा प्रशिक्षित गराएका थिए ।
संकटको बेला अन्य राजनीतिक दल र संगठनहरु सत्ता स्वार्थ केन्द्रीत भइरहँदा उक्त संगठन र पार्टी भने निरन्तर कोभिड विरुद्ध जनताको सेवामा जुटिरहेको अखिल (क्रान्तिकारी) ले जनाएको छ।
अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष श्रीराम स्वरुपले कोभिड विरुद्ध विद्यार्थी अभियान कार्यक्रमले विद्यार्थीलाई जनताको सेवामा जोड्न उत्प्रेरित गरेको बताए ।
