कावासोतीमा सेना चढेको जीप दुर्घटना, दुर्घटनामा ६ जना शैनिक घाइते


रामकुमार श्रेष्ठ –
कावासोत । पूर्वी नवलपरासीको कावासोतीमा आज विहान नेपाली सेनाको जिप दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएका छन् ।
नवलपरासी (पूर्व) को कावासोती न.पा.वडा नं.८ खरकट्टा जंगल स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व (सल्यानबाट काठमाडौँ) तर्फ जादैँ गरेको भे १ ज ३८४ नं.को बलेरो जिप आफैँ अनियन्त्रित भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।



दुर्घटनामा परी हुँदा गाडीमा सवार श्री सबुज गण, सल्यानमा कार्यरत नेपाली सेनाका १२ जना मध्ये निम्न ६ जना घाईते भएका हुन् ।
घाइतेहरुको नवलपुर अस्पताल, कावासोती उपचार भईरहेको छ । बलेरो गाडी घटनास्थलमा नै रहेको, गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा धादिङको धुन्चे नगरपालिका –२ बस्ने बर्ष ४० को हवल्दार राजकुमार सापकोटा, काभ्रेका धुलिखेल नगरपालिका –११ बस्ने बर्ष ३१ को प्युठ सन्त तामाङ, तनहुँको व्यास नगरपालिका –१ बस्ने बर्ष २८ को अ.म. मंगल वि.क., काभ्रेको बनेपा नगरपालिका–८ बस्ने बर्ष ३३ को मोची शेखर मगराती, तनहुँको खैरेनीटार ननगरपालिका–६ बस्ने बर्ष ३२ को सुचिकार विकास परियार र नुवाकोटको ताडी गा.पा.–२ बस्ने बर्ष ३२ को वकासी हरिचन्द्र सिटौला घाइते भएका हुन् ।




घाइतेहरु सबै खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...