केरा गणतन्त्र र नेपालको सन्दर्भ
- आशिष भुर्तेल –
आर्थिक, राजनितीक र सामाजिक बहसमा बारम्बार आउने शब्द हो केरा गणतन्त्र (Banana Republic)। यो नामको संसारमा कुनै राज्य छैन तर पनि यसको बारेमा बेला बेलामा बहस हुने गर्दछ ।सन १९०४ मा अमेरिकी विद्वान ओ हेनरीले क्यावेजेज एण्ड किङ्ग्स नामक आफ्नो पुस्तकमा पहिलो पटक यो शाब्दको प्रयोग गरेका थिए ।मध्य अमेरिकी देशहरुमा बस्दा त्यहाँका मुलुकहरुको अध्ययन गर्ने क्रममा उनले होण्डुरसलाई केरा गणतन्त्रको संज्ञा दिएका थिए । यसै सन्दर्भ बाट Banana Republic शब्दको प्रयोग आर्थिक तथा राजनितीक क्षेत्रमा बढ्न थाल्यो ।
होण्डुरस एउटा यस्तो मुलुको हो जहाँ अर्थतन्त्र सञ्चालनका लागि उत्पादन तथा निर्यात गर्ने बस्तु तथा सेवा अत्यन्तै न्यून छ ।यस देशमा मूलतः चाँदी र केरा प्रमुख निर्यातका बस्तु हुन ।सन् १९७० को दशकमा होण्डुरसले आफ्नो अर्थ व्यवस्था अत्यन्तै कमजोर भएपछि सो को उत्थानका लागि चाँदीको उत्पादन र बजारीकरण गर्न बिदेशी लगानीकर्तालाई आह्वान गरि लागनीका लागि बिदेशी कम्पनि तथा लगानीकर्ता लाई अनुमति दियो र अर्थतन्त्र सुधार्ने जमर्को गर्यो तर विश्व बजारमा चाँदीको मूल्यमा आएको गिरावटले पुनः अर्थतन्त्रमा संकट सृजना भयो । त्यस पश्चात उक्त मुलुकले अर्थतन्त्र उकास्ने दोस्रो साधानका रुपमा केराको उत्पादन र निर्यात गर्ने संकल्प गर्यो ।केराको उत्पादन र निर्यातका लागि लगानी गर्न सक्ने अवस्था उस सँग नभएकोले पुन विदेशी लगानी भित्र्याउन विदेशी कम्पनि तथा लगानीकर्ता लाई आह्वान गर्यो । यसका लागि अमेरिकी फ्रुट्स कम्पनीहरु अग्रसर भए । विस्तारैहोण्डुरसको केरा बजारलाई पूर्णरुपमा कब्जामा लिए । जसको परिणाम स्वरुप त्यहँको अर्थ व्यवस्था,राजनितीक व्यवस्था र सामाजिक व्यवस्था समेत प्रभावित बन्यो ।जसका कारण आजसम्म पनि उक्त मुलुकले आर्थिक,राजनितीक रुपमा माथि उठ्न सकिरहेको छैन ।
विश्वव्यापीकरणको लहर सँगै विश्वका ठूला राष्ट्र र लगानीकर्ताले कमजोर मुलुकको अर्थव्यवस्था र राजनितीक प्रणालीमा पूरा रुपमा प्रभावित तुल्याउदै गएको आजको सन्दर्भमा होण्डुरस जस्तै कमजोर अर्थव्यवस्था भएका मुलुकमा हुने बैदेशिक हस्तक्षेपको उत्कर्ष अवस्थामा नव उपनिवेशको एक स्वरुपमा Banana Republic लाई लिइन्छ ।जुन मुलुको उत्पादन र निर्यातका साधन अत्यन्तै न्यून रुपमा रहेका हुन्छन तिनको उत्पादन,वितरणमा विदेशी लगानीकर्ताले पूर्ण नियन्त्रण गर्न प्रयत्न गरिरहन्छन र अन्ततः समग्र अर्थ तथा राजनितीक व्यवस्था कब्जा गर्छन भन्ने दृषुटिकोण हो Banana Republic । यसले भ्रष्ट,अहंकारी शासकहरु रहेको मुलुकमा त्यस्ता शासकले भ्रष्टाचारको प्रवर्द्धनमा आनन्द मान्दछन ।जसमा कारण त्यस्ता शासकको अन्तरनिहित स्वार्थ पूरा हुने र राज्यको भविष्य थप दयनीय र जटिलता तर्फ अगाडी बढ्ने हुन्छ। परिणाम स्वरुप मुलुक विदेशी चङ्गुलमा फस्दै जाने र मूलुकको अर्थव्यवस्था,शासन व्यवस्था,राजनितीक प्रणालीमा बैदेशिक हस्तक्षप बढ्दै जाने र अन्ततः मुलुक बैदेशिक नियन्त्रणमा जान्छ भन्ने मान्यता राख्दछ।
नेपालको सन्दर्भलाई हेर्दा नेपाली कङ्ग्रेस,नेकपा एमाले,नेकपा माओबादी केन्द्र तथा अन्य दलको सरकार बन्दा समेत सरकारको मुलध्येय मुलुको आत्मनिर्भर अर्थव्यवस्था निर्माण,भ्रष्टाचार नियन्त्रण,सुशासन प्रवर्दन र कानुनी शासनको सुदृढिकरणमा ठोस योजना तथा नीति लिएको देखिएन । सरकार निर्माणका हरेक श्रीङ्खलामा विदेशी शक्तिको आडभरोसा र आशिर्वादको याचना कहिले प्रत्यक्ष त कहिले परोक्ष रुपमा गरेको देखियो । संघीय लोकतान्त्रिक गणतन्त्र आए सँगै सुधारको अपेक्षा गरिए पनि दलहरुमा अन्तरनिहित पद लोलुपता र दलिय तथा व्यक्तिगत स्वार्थ किंचित पनि सुधार भएको पाइएन । बरु झनै बढेर गएको देखिन्छ।पछिल्लो समयमा कोरोना महामारीबाट मुलुक आक्रान्त हुदा समेत सरकार र राजनीतिक दलहरु सत्ताको लुछाचुडीमा मग्न छन । दलहरुभित्रका गतिविधिहरु समेतमा विदेशी चलखेलको गन्ध पाइन्छ।बैदेशि सहयोग तथा लगानीका नाममा मुलुक विदेशीहरुको क्रिडास्थलको रुपमा रुपान्तरित हुदै गएको आभास हुन्छ। सरकारका गतिविधहरुमा भ्रष्टाचार र अनैनितकता एवं गैर जिम्मेवारपूर्ण अभिव्यक्तिर व्यवहार दोहोरिदै जानु, गल्तिबाट सिक्ने भन्दा पनि व्यक्तिगत र दलिय स्वार्थका लागि पटक पटक संवैधानिक सर्वोच्चता माथि प्रहार हुनु र जनता अभिभावक विहिन भएको अवस्था आउनुले मुलुको अर्थ व्यवस्था र राजनितिक प्रणालीमा बैदेशिक हस्तक्षेपलाई निरन्तर निम्तो दिइरहेको र विदेशि शक्तिकेन्द्रहरुबाट पनि सरकारको निर्माण,टिकाउ र परिवर्तनमा प्रतक्ष्य परोक्ष रुपमा गतिविधिहरु बढाउदै जानु र किंचित पनि कुटनितिक मर्यादाको पालना नहुनुले नेपाल Banana Republic मा रुपान्तरण त भएको होइन भन्ने प्रश्न उठेको छ ।
दलहरुले आफ्नो आन्तरिक लोकतन्त्रको अभ्यास, असल राजनीतिक संस्कारको विकास सँगै आत्मनिर्भर अर्थतन्त्र र संवैधानिक मर्यादाको पालनामा बेलैमा सचेत नभए, नागरिक समाजले आफुलाई मौसमी रुपमा मात्रै र निहित स्वार्थमा केन्द्रित नभइ जनसरोकारका सवालमा निःस्वार्थ आवाज वुलन्द गर्ने भरपर्दो संयन्त्रका रुपमा विकास गर्न नसके, नागरिकहरु आफ्नो तर्फबाट बेलैमा निर्णायक रुपमा खबरदारी गर्न नलाग्ने हो भने मुलुक Banana Republic बन्न सक्ने दुर्घटनाबाट रोक्न सकिदैन ।
कानुन तथा राजनीतिक शास्त्रका विद्यार्थी
देवचुली-७,नवलपरासी(बर्दघाट सुस्ता पूर्व),हाल काठमाडौं ।
