१० बेडको आइसियु कक्ष सहित मध्यविन्दु जिल्ला अस्पतालमा अक्सीजन प्लान्ट संचालनमा
कावासोती । मध्यविन्दु जिल्ला अस्पतालमा १० बेडको आइसियु कक्ष सहितको अक्सिजन प्लान्ट संचालनमा आएको छ ।
मध्यविन्दु जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्ड बिरबहादुर थापाका अनुसार जिल्ला अस्पतालमा जोडिएको अक्सिजिन प्लाण्ट सञ्चालनमा आएको हो ।
जिल्ला अस्पतालमा रहेको अक्सीजन प्लान्टबाट दैनिक १८ सिलिण्डर अक्सीजन उत्पादन हुने डा. थापाले जानकारी दिए ।
अक्सिजन प्लाण्ड सञ्चालनमा आए पछि तत्कालका लागि अक्सिजन अभाव हटेको बताए । तथापि अहिले अस्पतालमा रहेका विरामीका लागि अक्सिजन प्लाण्टले मात्र पुग्ने अवस्था भने नरहेको उनले बताए ।
जिल्ला विपत व्यावस्थानि समिति (डिसिएमसी) को बैठकले जिल्ला अस्पतालमा रहेको अक्सीजन प्लान्टलाई विस्तार गर्ने निर्णय समेत गरेको छ ।
जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुन थाले सगै विपत व्यावस्थापन सहयोग समितिले विभिन्न उद्योगबाट सिलिण्डर संकलन गरी अक्सीजन भर्ने गरेको थियो भने सहयोगी हातहरुले समेत केही थान अक्सीजन सहितको सिलिण्डर हस्तान्तरण गरेका थिए ।
जिल्ला अस्पतालमा प्लान्ट थप गर्नका लागी विभिन्न संघ संस्थाहरुले सहयोग गर्न चाहेमा जिल्ला अस्पतालको खातामा वा जिल्ला अस्पतालको लेखा शाखामा गएर रकम बुझाउन सकिने व्यावस्था गरिएको डा. थापाले जानकारी दिए ।
त्यसैगरी १० बेडको आइसियु सेवा पनि सञ्चालनमा आएको छ । जटिल प्रकृतिका विरामीलाई राखेर उपचार गर्ने आइसियु कक्ष सञ्चालनमा आएको हो ।
आइसियुमा अहिले २ जना संक्रमितको उपचार चलिरहेको छ ।
