नवलपुरमा कोरोनाः १३३ जना निको हुँदा, १३२ जना संक्रमित थपिए
नवलपुर । पूर्वी नवलपरासीमा सोमबार १३३ जना संक्रमित निको हुँदा १३२ जना नयाँ संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार निको भएका १३३ सहित नवलपुरमा कोरोनाको दोस्रो लहर शुरु भए यता १३ सय २८ जना निको भएका छन् ।
सोमबार सबैभन्दा बढी गैडाकोटको ५७ जना निको भएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुुरका अनुसार सोमबार थप एक जनाको निधन भएको छ । यो सहित नवलपुरमा मृतकको संख्या ६६ पुगेको छ भने दोस्रो लहर शुरु भए यता ३४ जनाको निधन भएको छ ।
सोमबार नवलपुरको गैडाकोटमा ७२ जना, देवचुलीमा १० जना, कावासोतीमा २० जना, मध्यविन्दुमा १६ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी विनयी त्रिवेणीमा १२ जना र हुप्सेकोटमा २ जना संक्रमित थपिएका छन् ।
नवलपुरमा अहिले १ हजार ४३ जना सक्रिय संक्रमित रहेका छन् ति म्रध्ये ३३ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् ।
