आज देशका केहि भूभागका हिमपात र वर्षाको सम्भावना


काठमाडौै – आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
हाल प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। आज दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ।



प्रदेश १, प्रदेश २, गण्डकी र बाग्मती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।

त्यसैगरी राती पनि प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू(भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।




https://youtu.be/cp1x3kp3v3k



सम्बन्धित
Loading...