निषेधाज्ञा उल्लंघन गरी पसल चलाउने कावासोतीका दुई जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । निषेधाज्ञाका समयमा जबरजस्ती पसल खोलेर चलाउने कावासोतीका २ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका १ घर भई हाल कावासोती ३ निवासी पूर्णबहादुर श्रेष्ठ र पर्वत देउपुर गाउँपालिका २ घर भई हाल कावासोती ३ निवासी विनोद क्षेत्री रहेका छन् ।
पक्राउ परेकालाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
