पश्चिम नवलपरासीमा ४७ जना कोरोना संक्रमण मुक्त, २१ नयाँ संक्रमित
जेठ १४ । पश्चिम नवलपरासीमा शुक्रबार थप ४७ जना कोरोना संक्रमण मुक्त हुँदा २१ जना संक्रमित थपिएका छन् । शुक्रबार ४७ जना संक्रमित निको भएसँगै जिल्लामा संक्रमण मुक्त हुनेको संङ्ख्या २ हजार ५ सय ३ पुगेको छ । यस्तै जिल्लामा शुक्रबार १४ जना पुरुष र १० जना महिलामा संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षणबाट २२ जना र एन्टिजिन परिक्षणबाट २ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बर्दघाट नगरपालिकामा १६ जना, सुनवल नगरपालिकामा ७ जना, रामग्राम नगरपालिकामा ४ जना, पाल्हीनन्दन गाउँपालिकामा एक जना, प्रतापपुर र सुस्ता गाउँपालिकामा २/२ जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमित हुनेको संङ्ख्या ४ हजार २८ पुगेको छ । अब पश्चिम नवलपरासीमा कोरोनाका संक्रिय संक्रमितको संङ्ख्या एक हजार ३ सय ९६ जना रहेका छन् ।
यसैविच पृथ्वी चन्द्र अस्पताल परासीमा शुक्रबार पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नम्बर १४ का ४८ वर्षीय पुरुष रहेका छन् । एक जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संङ्ख्या एक सय २९ पुगेको छ ।
पश्चिम नवलपरासीमा रहेका आइसोलेसनमा ३६ जना कोरोनाका विरामी उपचाररत छन् । जसमध्ये बर्दघाटमा १६ जना, पृथ्वी चन्द्र अस्पताल परासीमा ११ जना, सुनवलमा ८ जना र सुस्तामा एक जना विरामी उपचाररत रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
