शनिबार केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको अनुरोध


काठमाडौं । शनिबार पनि देशभर मौसम बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



आज प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ।

अहिले देशभर बदली भइरहेको र थुप्रै स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ।




आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज दिनभर देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बिभागले जनाएको छ ।

बिगत केहिदिन देखि परिरहेको बर्षाका कारण बाटो अवरुद्ध, भीरपाखा ,अवरुद्ध यातायात र सञ्चार ,पहिरो, बाढी, जमिन कटान आदि हनसक्ने भन्दै यसबाट बाट बच्न-बचाउन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलि जेठ १६ गते आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जेठ १७ गते सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र प्रदेशका १ का एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।



सम्बन्धित
Loading...