चितवन कारागारका १४ कैदीलाई आममाफी




भरतपुर । गणतन्त्र दिवसको अवसरमा चितवन कारागारमा कैद भुक्तान गरिरहेका १४ कैदीलाई आममाफी दिइएको छ ।

सरकारले गणतन्त्र दिवसको अवसरमा ५० प्रतिशत भन्दा बढी कैद सजाय भुक्तान गरिसकेका र आचरणमा सुधार आएका कैदीहरुलाई आममाफी दिने गर्छ । कारागारले गरेको सिफारिसका आधारमा १४ कैदीको बाँकी कैद सजाय राष्ट्रपतिले मिनाहा गरेकी हुन् ।




कैद मिनाहा पाउनेमा सवारी ज्यान मुद्धाका ८ जना, ज्यान मार्ने उद्योगका ३ जना, चोरीका एक जना, लापरबाही ज्यान मुद्धाका एक जना र कर्तव्य ज्यान मुद्धाका एक जना कैदी रहेको चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए ।

अब कागारमा तीन आश्रित बालिका र ६६३ जना कैदीबन्दि रहेका छन् । जसमध्ये ४९ जना महिला र ६१४ जना पुरुष कैदीबन्दी छन् ।



सम्बन्धित
Loading...