नारायणीमा पानीको सतह खतराको सतह भन्दा तल


नवलपुर । लगातारको बर्षासँग नारायणी नदीमा पानीको सतह बढेको छ । तथापि खतराको लेबल भन्दा पानीको सतह तल नै रहेको जल तथा मौसम शाखाले जनाएको छ ।



नारायणी नदीको देवघाट क्षेत्रमा गरिएको मापन अनुसार शनिबार दिउँसो १ बजेसम्म नारायणी नदीमा पानीको सतह ४ दशमलब ५६ मिटर रहेको छ ।

नारायणी नदीमा पानीको बहाव ७ दशमलब ३ मिटर भन्दा माथि भएको खण्डमा खतराको संकेत मानिन्छ भने ८ मिटर पानीको सहत कटे खतराको तह पार गरेको मानिन्छ ।




तथापि प्रशासन, मौसमपूर्वाअनुमान शाखाले नारायणी नदीमा बाढी आउन सक्ने भन्दै नदी आसपासका बासिन्दालाई सजक र सतर्क हुन आग्रह गरेको छ ।



सम्बन्धित
Loading...