मध्यविन्दु अस्पताललाई ३ थान वाटर डिस्पेन्सर र ४७ हजार सहयोग हस्तान्तरण




नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पताललाई शनिबार ३ थान वाटर डिस्पेन्सर र ४७ हजार नगद हस्तान्तरण गरिएको छ ।

कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठको पहलमा संकलित उक्त सहयोग जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो ।




कावासोती ३ निवासी उषा देवकोटाले २ थान र कावासोती ३ निवासी रुद्र अधिकारीले १ थान वाटर डिस्पेन्सर सहयोग गरेका थिए ।

त्यसैगरी मध्यविन्दु जिल्ला अस्पतालको अक्सिजन प्लाण्ट विस्तारका लागि संकलन भएको ४७ हजार रुपैयाँ पनि सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो । कावासोती २ का माया अधिकारीबाट २५ हजार, कावासोती ८ का तिर्थ अर्यालबाट १५ हजार र कावासोती ३ का राजेन्द्र रेग्मीबाट प्राप्त ७ हजार गरी ४७ हजार रुपैयाँ हस्तान्तरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

यस अघि श्रेष्ठले विभिन्न व्यक्तिबाट संकलित २ लाख ४७ हजार ६ सय ६६ रुपैयाँ पनि अक्सिजन प्लाण्ट विस्तारका लागि अस्पताललाई हस्तान्तरण गरेका थिए ।



सम्बन्धित
Loading...