जङगलि च्याउ खाँदा एउटै घरका तिन जना बिरामी


कृशला सापकोटा, देवचुली ।।
पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ९ मा जङगलि च्याउ खाँदो तीन जना बिरामी भएका छन् ।



घुमाउरी सामुदायिक वनबाट ल्याएको च्याउ खाँदा एउटै घरका तीन जना बिरामी भएका हुन् ।

देवचुली ९ विशालटार निवासी कृष्णमाया सिंजालीले ल्याएको च्याउ खाँदा कृष्णमाया सिंजाली सहित उनका १७ बर्षीय छोरा विवेक सिंजाली र १५ बर्षीया छोरी विनिषा सिंजाली गए राती बिरामी भएको जिल्ला प्रहरी नवलपुरले जनाएको छ ।




उनीहरुलाई चितवनको मनकामना अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको छ ।



सम्बन्धित
Loading...