बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्रको कम्पाण्ड भत्कियो, दुई घर क्षति
नवलपुर । लगातारको बर्षाले पूर्वी नवलपरासीको बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्रको कम्पाण्ड भत्किएको छ ।
कम्पाण्ड भत्कँदा सँगै रहेको दुई घरमा क्षति पुगेको छ । बुलिङटार प्रहरी चौकीका अनुसार एउटा घर पूर्ण रुपमा क्षति भएको र एउटा घर आंशिक क्षति भएको छ ।
बुलिङटार ६ भारतीपुर निवासी बलबहादुर घिमिरेको जस्ता पाताले छाएको घर पूर्ण रुपमा क्षति भएको र मदनबहादुर उचै मगरको भान्छा कोठामा क्षति भएको नवलपुर प्रहरीले जनाएको छ ।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
