सेयर बजारमा बजेटको सकारात्मक असर, कारोबार रकममा पुनः नयाँ रेकर्ड


आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आएको भोलि पल्ट आइतबार सेयर बजार सकारात्मक देखिएको छ । सेयर बजारले छाटो समयका लागि सेयर कारोबार गर्नेलाई पुँजीगत लाभकर वृद्धि गरेको छ । यसले बजारमा नकरात्मक प्रभाव पर्नसक्ने आकलन थियो ।



बजेटले गरेका अन्य व्यवस्था र निजी क्षेत्रले समेत बजेटको स्वागत गरेकाले यसको सकारात्मक असर सेयर बजारमा परेको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेको छ ।अझ सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस अघि पौने १५ अर्बको कारोबार भएर रेकर्ड राखेकोमा आइतबार त्यो रेकर्ड ताड्दै कारोबार रकम १७ अर्ब नाघेको छ ।



सम्बन्धित
Loading...