आज देशभर मौसम बदली, प्रदेश १ र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । सोमबार देशभरका केहि स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



आज देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।




हाल देशमा पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।

अहिले देशका अधिकांश भू भागमा बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।



सम्बन्धित
Loading...