काँग्रेस महामन्त्रीले अस्पताललाई दिए स्वास्थ्य सामग्री
नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नवलपुरका ३ वटा अस्पताललाई स्वास्थ्य सामग्री पठाएका छन् ।
सोमबार मध्यविन्दु जिल्ला अस्पताल, गैडाकोट नगर अस्पताल र देवचुली नगर अस्पताल गरी ३ वटा अस्पतालमा अक्सिजन सिलिन्डर र केही अन्य स्वास्थ्य सामग्री पठाएका हुन् ।
उक्त स्वास्थ्य सामग्री नेपाली काँग्रेसका जिल्ला स्तरको नेताहरुको सहभागितामा अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेका अनुसार १० थान अक्सिजन सहितको नयाँ अक्सिजन सिलिण्डर, विद्युतीय अक्सिजन मेसिन (अक्सिजन कन्सलटेटर) ६ थान, आइसियु बेड २ थान, माक्स २३ हजार, पिपिई सेट २ सय ५० थान, सेनेटाइजर २ सय ५० थान र भाइजर ६ सय ५० थान हस्तान्तरण गरिएको हो ।
