रुपन्देहीमा ८८८ जनामा परिक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु


बुटवल । रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ सय ८८ जनामा आरटी-पीसीआर परिक्षण गरिएको थियो ।



त्यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै जिल्लामा एक हजार आठ सय २० जना सक्रिय संक्रमित पुगेका छन् भने हालसम्म चार सय ३८ जना संक्रमितको मृत्यु भएको छ ।




पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा ९, सिद्धार्थ नगरपालिकामा  ९ जना, तिलोत्तमामा १३ जना, देवदहमा ५ जना, मायादेवीमा २, मर्चवारीमा २, सैनामैनामा २, ओमसतियामा ३, कञ्चनमा १, रोहिणीमा १, लुम्बिनीमा २ र शुद्धोधनमा १ जना संक्रमित थपिएका छन् ।

https://www.youtube.com/channel/UCdVEllX6-3RtSujuMJI-nBQ/videos



सम्बन्धित
Loading...