दुम्किबासबाट लागुऔषध सहित दुई जना पक्राउ
कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासबाट मंगलबार नवलपुर प्रहरीले दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।
पश्चिमबाट पूर्व जाँदै गरेको बा ८१ प ४५८६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नवलपुर प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका ८ निवासी ३१ बर्षीय केशव राई र काठमाडौं महानगरपालिका ७ बौद्ध बस्ने ३५ बर्षीय भिमसेन सुब्बा रहेका छन् ।
उनीहरुको साथबाट नवलपुर प्रहरीले फेनरागन १५५, डाइजापाम १५३ र नुफिन १६९ एम्पुल बरामद गरेको छ ।