चौधरी उद्योगमा आगलागी
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस वियर प्लाण्टमा बुधबार विहान अचानक आगलागी भएको छ ।
आगो नियन्त्रणको प्रयास भईरहेको छ । प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेको छ ।
विहान साढे ८ बजेतिर आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण आउन सकेको छैन ।
