चितवनमो जेठ २७सम्म निषोधाज्ञा थप




डिलकुमारी नेपाल –
चितवन, १९ जेठ । चितवनमा जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो ।




दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ।जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो ।

लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको हो । कोरोना संक्रमणको संख्या अझै नघटेपछि जेठ २७ गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको श्रोतले बताएको छ।



सम्बन्धित
Loading...