सबै संस्थालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह


योगदानमा आधारित सामाजिक सुरक्षा कोषले हालैमात्र सरकारले जारी गरेको बजेट वक्तव्यलाई देखाउँदै सम्पूर्ण संघ–संस्थाहरुलाई कोषमा आबद्ध हुन आग्रह गरेको छ ।



कोषले एक विज्ञप्ति जारी गर्दै नयाँ बजेटले कोषमा आबद्ध श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने २०७८ जेठ र असार महिनाको योगदान रकम सरकार आफैंले तिरिदिने घोषणा गरेको अवस्थामा मातहतमा रहेका संस्थाहरुलाई जतिसक्दो चाँडो आबद्ध हुन आग्रह गरेको हो ।

‘उपरोक्त सम्बन्धमा नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने २०७८ जेठ र असार महिनाको योगदान रकम नेपाल सरकारले व्यहोर्ने उल्लेख गरेको हुँदा त्यहाँ मातहत रहेका संस्थाहरुलाई समयमा नै कोषमा आवद्ध गराई उल्लेखित लाभ लिनु हुन अनुरोध गरिन्छ’ कोषका अधिकृत फणिन्द्रराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 



सम्बन्धित
Loading...