फ्रान्सबाट २० हजार एन्टिजेनिक परीक्षण किटसहित स्वास्थ्य सामग्री सहयोग


कोभिड–१९ महामारीविरुद्ध लड्न फ्रान्सेली सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।



नेपालका लागि फ्रान्सका राजदूत फ्रेन्सिस जेभियर लेजरले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई पाँच लाख चार हजार एफएफपीटू मास्क, २० हजार दुई सय २५ एन्टिजेनिक परीक्षण किट, १२ हजार प्रोटेक्सन र १४ रेस्पिरेटर्स हस्तान्तरण गरेका हुन् ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री अवतरण गरिएको थियो । नेपाल–फ्रान्सबीच भएको द्विपक्षीय वार्तामा नेपालले सहायता मागेको थियो । युरोपेली संघको सिभिल प्रोटेक्सन मेकानिजममार्फत सहायता प्राप्त भएको थियो ।



सम्बन्धित
Loading...