२४ घण्टामा ५ हजार ३१६ जनामा कोरोना संक्रमण,१०१ जनाको मृत्यु


नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार ८०५ जनाको पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९२ जना गरी कुल ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । यहि अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार २१९ रहेको छ ।



सम्बन्धित
Loading...