नवलपुरमा दुर्घटना १ जनाको निधन
रामकुमार श्रेष्ठ –
कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दी पाखापानीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी १ जनाको निधन भएको छ ।
नवलपुर प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ५५ प ९८८९ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको घटना स्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जना समेत सामान्य घाइते भएका छन् ।
दुर्घटनामा परी पाल्पा माछागढी निवासी २७ बर्षीय हर्कबहादुर डिस्वा मगरको निधन भएको हो ।
त्यसैगरी मोटरसाइकल चालक विनयी त्रिवेणी गाउँपालिका सर्दी निवासी २७ बर्षीय कपिल भुसाल र मोटरसाइकलमा सवार २८ बर्षीय सागर भुसाल सामान्य घाइते भएका हुन् । मोटरसाइकल र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
https://www.youtube.com/watch?v=TOuZwwbSrjw&t=4s