निवर्तमान सांसद महतद्वारा मध्यविन्दु अस्पताललाई स्वास्थ्य सामाग्री
कावासोती । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नवलपुर क्षेत्र नम्बर दुईका निवर्तमान सांसद अस्पताललाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
निवर्तमान सांसद महतको पहलमा १५ थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर ७ थान, पल्स अक्सिमिटर ५ थान ,माक्स, गाउन, एन ९५ माक्स, फेस सिल्ड, पंजा लगाएतका सामाग्री अस्पताललाई प्रदान गरिएको हो ।
महतले जिल्ला कोभिड नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी मार्फत अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. बीर बहादुर थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
https://www.youtube.com/watch?v=TOuZwwbSrjw
