पाल्पाका स्थानीय तहमै अक्सिजनसहितको कोरोना अस्पताल सञ्चालन


पाल्पा । कोरोनाको दोश्रो लहर बढेसँगै पाल्पाका स्थानीय तहहरुले धमाधम कोरोना आइसाेलेसन अस्पताल निर्माण र संचालनलाई तीव्रता दिएका छन् । जिल्लाको माथागढी गाउँपालिकाले कोरोनाको दोस्रो लहरलाई मध्यनजर गर्दै अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएको छ ।



माथागढी गाउपालिका वडा नं. ४ देउगीरमा कोरोना अस्पताल निर्माण गरी संचालनमा ल्याएको हो । १५ बेडको अस्पताल संचालन गरेको माथागढीले विरामीका लागि २१ वटा अक्सिजन सिलिण्डर र ५ वटा अक्सिजन कन्सनटेटरको व्यवस्था गरेको छ । गाउपालिकाको अस्थाई अस्पतालका फोकल पर्सन प्रवेश पौडेलका अनुसार हाल सम्म अस्पतालवाट १६ जनाले उपचार लिइसकेको र एक जना उपचारत्त हुदै गरेको वताउछन् । अस्पतालमा उपचारकोलागी आएका मध्ये ४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ भने अन्य सबै निको भएर घर फर्किनु भएको वताउछन् । २४सौ घण्टा अस्पतालमा २ जना स्टापनर्स, २ जना प्यारामेडिक्स र एकजना कार्यालय सहयोगीले सेवा दिँदै आएको पौडेल बताउछन् ।

आफ्ना पालिकाभरिका सम्पूर्ण वडाहरुमा निशुल्लक रुपमा पिसिआर तथा एन्टीजेन परिक्षणलाई तिव्रता दिएको र संक्रमीत भएकाहरुलाई अवस्था हेरेर होम आइसुलेसन वा पालिकाको अस्थाई अस्पतालमा जान सल्लाह दिएको माथागढी गाउपालिकाका प्रमुख प्रशासकीय
अधिकृत राजु नेपालले जानकारी दिनु भयो । कोरोना अस्पतालमा २४ सै घण्टा अक्सिजन सहित निशुल्क रुपमा स्वास्थ्यकर्मीले उपचार गर्ने र विरामीलाई वढिभै त्याहा उपचारमा समस्या आएमा तुरुन्त जिल्लाको ठुलो अस्पताल रिफर गरिने व्यवस्था समेत गरिएको छ । होम आइसुलेसनमा रहेका संक्रमीतहरुलाई स्वास्थ्यकर्मीको उच्च निगरानीमा घरमै राखीनुका साथै उनीहरुलाई आबश्यक पर्ने औषधीहरु समेत पालिकाले निशुल्क रुपमा उपलब्ध गराउदै आएको प्रमुख पशासकिय अधिकृत राजु नेपालले जानकारी दिनु भयो ।




कोरोनामहामारीको दोस्रो लहर फैलदै जानथालेपछी स्थानीयतहहरु व्यवस्थापनमालागेकाहुन् । अन्य अस्पतालहरुमा विरामीकालागी वेड तथा अक्सिजनको अभाव भएपछी स्थानीयतहहरु आफैले कोरोना अस्पताल संचालन गरेकाहुन् । अहिले गाउपालिकाका अध्यक्ष सन्तोष थापाले घरघरमै औषधी र परामर्श दिइएकोले अस्पतालमा विरामीको चाप नभएको बताउदै, अस्पतालमा वेड नपाएर छटपटिएका विरामीका लागि अक्सिजन सहितको कोरोना अस्थायी अस्पताल निर्माण गरिएको बताउछन् । थापाले अन्य अस्पतालमा उपचार गर्नुपर्ने भएमा र पालिकाकै अस्पताल सम्म संक्रमीत उपचारको लागी आउनु परेमा गाउपालिकाकै गाढी सहित अन्य ३ वटा एम्बुलेन्स संचलानमा रहेको जानकारी दिनुभयो । अतिविपन्न र असहायहरुकालगी एम्बुलेन्स सेवा संवन्धीत वडाको सिफारिसमा निशुल्क व्यवस्था गरेको छ । गाउपालिकाले नै संक्रमितको उपचार खर्च वेहोर्ने कार्यपालिकाले निर्णय गरेको जानकारी दिदै पालिकाले सवैकोलागी खोप दिनको निमित्त समेत भ्याक्सिन उपलब्ध गराइदिन भनेर मन्त्रालयमा पत्राचार गरिसकेको थापाले वताउनु भयो।

जिल्लामा रहेको २ नगरपालिका सहित ८ वटा गाउपालिकाले यसपटक अक्सिजन सहितको अस्थाई कोरोना अस्पताल निमार्ण तर्फ ध्यान दिएका छन् । जहा सामान्य लक्ष्यण देखा परेका र सामान्य अक्सिजनको आवश्यकता पर्ने कोरोना संक्रमीतलाई उपचारको व्यवस्था मिलाएका छन् ।

माथागढी गाउपालिकामा हाल सम्म पि.सि.आर र एन्टीजेन गरि ३६७ जनाको परिक्षणमा २६६ जना संक्रमीत भेटिएको र हाल सम्म दोस्रो लहरको कोरोनाका कारण ८ जनाको दुखद निधन भएको छ ।



सम्बन्धित
Loading...