एक महिनाका लागि मेलम्चीको पानी वितरण रोकिने


काठमाडौं उपत्यकामा एक महिनाको लागी मेलम्ची पानी बितरण रोकिने भएको छ ।



आगामी असार १ गतेदेखि झण्डै एक महिनाका लागि मेलम्चीको पानी रोकिने भएको छ ।मेलम्चीको सुरुङको परीक्षण गर्नुपर्ने भएकाले असार १ गते मेलम्चीको पानी पठाउन बन्द गर्न लागिएको हो ।

मेलम्चीको कार्यविधीअनुसार सुरुङको परीक्षण गर्न लागेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।




सुरुङमा पानी परीक्षण सफल भएपछि मात्र पानी पठाउनुपर्ने भएकाले एक महिना बन्द हुने उनको भनाइ छ ।

पन्तले बताएको अनुसार अब ठेक्का सम्झौता पनि समापन गर्नुपर्ने भएकाले सुरुङ परीक्षण पूरा गर्नुपर्ने छ ।



सम्बन्धित
Loading...