प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपषिद् बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक बेलुकी ६ बजे बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । लुवाटारमा बस्ने बैठकमा कोभिड–१९ संक्रमण र नियमित एजेन्डामा छलफल हुने बताइएको छ ।
हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।