शुक्रबार १५ सय रुपैयाँले घट्यो सुनको मूल्य


साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वातै घटेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

गत बिहीबार सुन प्रतितोला अधिकतम ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।




महासंघका अनुसार आज यता चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको छ ।

गत बिहीबार बजारमा प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार ३४० रुपैयाँमा झरेको हो ।



सम्बन्धित
Loading...