प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच भेटघाट


जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले सरकारीमा जाने तयारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तालाई पनि निरन्तरता दिएका छन् ।



अध्यक्ष ठाकुर र प्रधानमन्त्री ओली आजपनि छलफल गर्दैछन् । सम्भवतः जसपाबाट मन्त्री बन्नेहरुलाई आजै सपथ खुवाउने तयारी छ ।

जसपाको ठाकुर पक्षका शीर्ष नेताहरुबीच हिजो पनि छलफल भएको थियो । आजको छलफलमा सहमति जुटेमा मन्त्रीहरुको सपथ आजै गराउने तयारुी छ ।



सम्बन्धित
Loading...