पुनर्गठित मन्त्रिमण्डल : एमालेबाट को ‘इन’ को ‘आउट’ ?




प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डल हेरफेर गरेका छन् । यसअघिको १८ सदस्यीय मन्त्रिमण्डल रहेकोमा ओलीले पुनर्गठित मन्त्रिमण्डल १७ सदस्यीय बनाएका छन् । जसमा १२ नयाँ मन्त्री थपिँदा १३ ले विदावारी पाएका छन् । विदावारी पाउनेमा सबै एमालेका छन् । थपिएका १२ मध्ये १० जना जसपाका छन् ।

जसमा ३ उप्रधानमन्त्री, १२ मन्त्री र २ राज्यमन्त्रीसहितको १७ सदस्य रहेका छन् । यसअघि एकजना उपप्रधानमन्त्री रहेकोमा अव ती उपप्रधानमन्त्री भएका छन् । पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासनसहित ७ मन्त्रालय आफैंसँग राखेका छन् ।




१७ सदस्यीय पुनर्गठित मन्त्रीमण्डलमा ओलीले एमालेका तर्फबाट पुराना चार मन्त्रीलाई निरन्तरता दिएका छन् भने बाँकी तीन राज्यमन्त्रीसहित ११ जनालाई विदाई गरेका छन् । पुनर्गठनमा एमालेका नयाँ दुई मन्त्री थप भएका छन् ।

निरन्तरता पाउनेमा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कानुनमन्त्री लीलानाथ ​श्रेष्ठ छन् ।

त्यस्तै नयाँ मन्त्रीका रुपमा शेरबहादर तामाग, स्वास्थ्य मन्त्री र रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्को जिम्मेवारीमा मन्त्रिमण्डलमा परेका छन् । यसअघि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र परराष्ट्मन्त्री प्रदीप ज्ञवाली रहेका थिए ।

एमालेबाट यसअघि मन्त्री बनेका ईश्वर पोखरेल, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, पद्यमा कुमारी अर्याल, पार्वत गुरुङ, शिवमाया तुम्वाहाम्फे, गणेशसिंह ठगुन्ना, प्रेम आले, जुली महतोसहित नौ र राज्यमन्त्री भएका तीन गरी नवराज रावत, रामवीर मानन्धर, विमला विक बाहिरिएका छन् ।

यस्तो छ कार्यविभाजन

केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन

विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ

राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास

रघुवीर महासेठ :उपप्रधानमन्त्री, परराष्ट्र

अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई

शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा

लक्ष्मणलाल कर्ण :मन्त्री, भूमि व्यवस्था

कृष्णगोपाल श्रेष्ठ :शिक्षा मन्त्री

वसन्तकुमार नेम्वाङ :मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

लीलानाथ श्रेष्ठ :मन्त्री, कानून न्याय तथा संसदीय मामिला

विमल श्रीवास्तव : श्रम तथा रोजगार

उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण

चन्दा चौधरीः मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

एकवाल मियाँ :मन्त्री, युवा तथा खेलकुद

चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा

रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

 

श्रीमान–श्रीमती नै मन्त्री : ओली पक्षमा लाग्दा शेरबहादुर तामाङलाई दोहोरो फाइदा

प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रबार बिस्तार गरेको मन्त्रिपरिषदमा एमाले नेता शेरबहादुर तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेको केपी ओली समूहमा लाग्दा शेरबहादुर तामाङको जोडी भाग्यमानी सावित भएको छ । उनकी पत्नी उषाकला राईले गत चैत १३ गते प्रदेश १ को सामाजिक मन्त्रीमा नियुक्त पाएकी थिइन् । तत्कालीन नेकपा फुटपछि माधव नेपाल खेमामा रहेका नेता दम्पती तामाङ र राई पछि ओली समूहमा गएका थिए । केही दिन ओली समूहमा बसेर फेरी नेपाल समूहमा फर्किएका उनीहरु पछि फेरी ओली समूहमै फर्किएका थिए ।

गत पुस ९ गते अघि तत्कालीन नेकपाको ओली समूहको बैठकमा सहभागी भएका उनीहरु पुस ९ गते प्रचण्ड नेपाल पक्षको केन्द्रीय समितिको बैठकमा सहभागी भएका थिए । उषाकला राईले प्रधानमन्त्री के पी ओलीले आफूलाई केन्द्रीय सदस्य बनाएकोमा धन्यवाद दिँदै सो पद अस्वीकार गर्दै ओली समूहमा आफू नरहेको बताएकी थिइन् ।

तर गत फागुन ८ गते उनीहरु फेरी ओली समूहमै फर्किएका थिए । गुट परिवर्तन गरेसँगै राईले प्रदेश १ को मन्त्री हात पारिन भने तामाङले बैशाख १० गते एमालेको कार्यालय सचिवको जिम्मेवारी पाए । ओली सरकारको पहिलो मन्त्रीमण्डलमा तामाङले ४ महिना कानून मन्त्रालय चलाएका थिए । विवादास्पद अभिव्यक्ति दिएका कारण उनले राजीनामा दिनुपरेको थियो ।



सम्बन्धित
Loading...