पश्चिम नवलपरासीमा दुईजना कोरोना संक्रमितको मृत्यु, ९३ जना निको, थपिए २५ जना


जेठ २१ । पश्चिम नवलपरासीमा शुक्रबार दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम र बर्दघाटका एक–एक जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । रामग्राम नगरपालिका वडा नम्बर १५ का ३५ वर्षीय पुरुषको भिम अस्पताल भैरहवामा मृत्यु भएको छ । योसँगै रामग्राममा मात्रै अहिलेसम्म ३६ जना संक्रमितको मृत्यु भएको छ ।



यस्तै बर्दघाट नगरपालिका वडा नम्बर १५ की ७६ वर्षीय वृद्धाको सहिद स्मृती सामुदायिक अस्पताल बर्दघाटमा मृत्यु भएको छ । शुक्रबार एक जना संक्रमितको मृत्यु भएसँगै बर्दघाटमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संङ्ख्या ३४ पुगेको छ । जिल्लामा भने अहिलेसम्म एक सय ३९ जना संक्रमितको मृत्यु भएको छ ।

यसैविच पश्चिम नवलपरासीमा कोरोना निको हुनेको संङ्ख्यामा वृद्धि भैरहेको छ । जिल्लामा आज ९३ जना संक्रमित निको भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संङ्ख्या ३ हजार ५९ पुगेको छ । यस्तै जिल्लामा आज २५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये पुरुष १९ र महिला ६ जना छन् ।




पिसिआर परिक्षणबाट १७ जना र एन्टिजिन परिक्षणबाट ८ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार सुनवल नगरपालिकामा १० जना, बर्दघाट नगरपालिकामा ८ जना, रामग्राम नगरपालिकामा ६ जना र सरावल गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमित हुनेको संङ्ख्या ४ हजार २ सय ५८ पुगेको छ ।

अहिले पश्चिम नवलपरासीमा १ हजार ६० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । पश्चिम नवलपरासीमा रहेका आइसोलेसनमा २० जना कोरोनाका विरामी उपचाररत छन् । जसमध्ये पृथ्वी चन्द्र अस्पताल परासीमा ९ जना, बर्दघाटमा ४ जना र सुनवलमा ७ जना विरामी उपचाररत रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।



सम्बन्धित
Loading...