परासीमा आइसियु कक्षको स्वास्थ्य मन्त्रीले गरे उद्घाटन




परासी, जेठ २१ । पश्चिम नवलपरासीको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालमा स्थापना गरिएको आइसियु कक्षको शुक्रबार हृदयश त्रिपाठीले उद्घाटन गरेका छन् ।

रोटरी क्लब अफ पश्चिम नवलपरासीले पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा आईसियु कक्ष स्थापना गरी हस्तान्तरण गरेको हो । चार शैयाको कक्ष स्थापना गरी शुक्रबार अस्पताललाई हस्तान्तरण गरिएको क्बलका अध्यक्ष सुमन गोपाल आचार्यले जानकारी दिए ।




रोटरी क्लबमा आवद्ध सदस्यहरुको स्वतस्फुर्त आर्थिक संकलनमा १२ लाख रुपैयाँको लागतमा आईसियु कक्ष स्थापना गरिएको कार्यक्रम संयोजक विरेन्द्र कुमार अग्रहरीले जानकारी दिए ।



सम्बन्धित
Loading...