नवलपुरमा सबै स्थानीय तहको रकम बेरुजु

सबैभन्दा बढी कावासोतीको, कम बौदीकालीको


नवलपुर । नवलपुर जिल्लाको सबै स्थानीय तहमा करोडौंको रकम बेरुजु भएको पाइएको छ । आर्थिक बर्ष २०७५÷०७६ को स्थानीय पालिकाको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा नवलपुरका सबै स्थानीय तहको धेरैथोरै रकम बेरुजु देखाएको छ ।



त्यसैगरी पालिकाहरुले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्बजनिक क्षेत्र लेखामानको ढाँचा प्रयोग गरी बित्तिय विवरण तयार गरेको नपाइएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवदेनमा उल्लेख गरिए अनुसार ५२ लाखदेखि ६ करोड ५० लाखसम्म बेरुजु रहेको छ ।




सबैभन्दा बढी कावासोती नगरपालिकाको ६ करोड ५० लाख ३७ हजार बेरुजु देखिएको छ । कावासोतीका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बेरुजु मध्येको केही रकम फछ्र्यौट भएको केही बाँकी रहेको बताए । कावासोती पछि गैडाकोट नगरपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । गैडाकोटको ५ करोड ९९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

४ नगरपालिकाहरु मध्ये सबैभन्दा कम देवचुली नगरपालिकाको बेरुजु देखिएको छ । देवचुली नगरपालिका २ करोड ७६ लाख ४३ हजार बेरुजु देखिएको छ ।

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलको महालेखा परीक्षण देखाए जस्तो बेरुजु नरहेको दावी छ । उनले भने – टोली आएर हतारहतार टिपनटापन गरेर जानु र नगरपालिकाको कुरै नसुनेर आफ्नो ढंगको प्रतिवेदन बनाएको कारण बेरुजु देखिएको उनको दावी छ ।

कुन पालिकाको कति बेरुजु

 

कावासोती

लेखापरीक्षणबाट रु. ६ करोड ५० लाख ३७ हजार बेरुजू देखिएको छ। सोमध्ये असुल गर्नुपर्ने रु.२ लाख २९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु. १५ लाख ४१ हजार, नियमित गर्नुपर्ने रु. ८३ लाख ९० हजार र पेश्की रु. ५ करोड ४८ लाख ७७ हजार रहेको छ।

देवचुली
लेखापरीक्षणबाटरु. २ करोड ७६ लाख ४३ हजार बेरुजू देखिएको छ। सोमध्ये असुल गर्नुपर्ने रु.२ लाख ५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु.१ करोड ९५ लाख ९२ हजार, नियमित गर्नुपर्ने रु. ७० लाख ९६ हजार र पेश्की रकम रु ७ लाख ५० हजार रहेको छ।

मध्यविन्दु
लेखापरीक्षणबाट रु. ३ करोड ६१ लाख ५६ हजार बेरुजू देखिएको छ। सोमध्ये असुल गर्नुपर्ने रु.८ लाख ४३ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु.२ करोड ४९ लाख ८८ हजार, नियमित गर्नुपर्ने रु.२८ लाख २२ हजार र पेश्की रु. ७५ लाख ३ हजाररहेको छ।

गैडाकोट
लेखापरीक्षणबाट रु. ५ करोड ९९ हजार बेरुजू देखिएको छ। सोमध्ये असुल गर्नुपर्ने रु.७९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु.३ करोड ८ लाख १८ हजार, नियमित गर्नुपर्ने रु.१ करोड १६ लाख २३ हजार र पेश्की रु ७५ लाख ८० हजार रहेको छ ।

हुप्सेकोट
लेखापरीक्षणबाट रु.३ करोड ९ लाख ५१ हजार बेरुजू देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने रु. १ करोड ८० लाख ३३ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु.१ लाख, नियमित गर्नुपर्ने रु. ९४ लाख १५ हजार र पेश्की रु. ३४ लाख ३ हजार रहेको छ ।

बौदीकाली
लेखापरीक्षणबाट रु ५२ लाख २१ हजार बेरुजू देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने रु.१४ लाख २१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु.७० हजार, नियमित गर्नुपर्ने रु.२ लाख र पेश्की बेरुजू रु ३५ लाख ३० हजार रहेको छ ।

बुलिङटार
लेखापरीक्षणबाट रु.१ करोड ५२ लाख ५८ हजार बेरुजू देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने रु.४१ लाख ६६ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु.८ लाख २९ हजार, नियमित गर्नुपर्ने रु.९८ लाख ४८ हजार र पेश्की बाँकी रु ४ लाख १५ हजार रहेको छ ।

विनयी त्रिवेणी
लेखा परीक्षणबाट रु.२ करोड ८७ लाख ८४ हजार बेरुजू देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने रु.७ लाख १८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु.२ करोड २९ लाख, नियमित गर्नुपर्ने रु. ५१ लाख ६६ हजार रहेको छ ।

 



सम्बन्धित
Loading...