नक्कली कस्मेटिक उत्पादन गर्ने कारखाना सिल


काठमाडौँ – ब्राण्डेड कम्पनीको स्टिकर टाँसेर नक्कली कस्मेटिक उत्पादन गरेको आरोपमा प्रहरीले काठमाडौंको सानो भर्‍याङस्थित कस्मेटिक कारखानामा छापा मारेको छ ।



महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतीय नागरिक राजन जैसवालले सञ्चालन गरेको कारखानामा उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको टोलीसहिले छापा मारेको हो ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार थानकोट बस्ने जैसवालले नाम चलेका ब्राण्डका स्टिकर टाँसेर कमसल कस्मेटिक उत्पादन गरेर बेच्ने गरेको सूचनाका आधारमा उक्त कारखानमा छापा मारेको हो ।




कारखाना वाणिज्य विभागले सिल गरेको छ ।



सम्बन्धित
Loading...