देशका केहि ठाउँमा पानी पर्ने सम्भावना


आज प्रदेश-१, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।



पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले प्रदेश(१, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

आज निरन्तर लामो समय पानी पर्ने सम्भावना भने नरहेको उनले बताए। आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने देखिएको छैन ।




तर प्रि–मनसुनको समय भएकाले केही ठाउँमा केहीबेर ठूलो पानी र धेरै ठाउँमा सामान्य पानी पर्ने सम्भावना भने रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



सम्बन्धित
Loading...