रामेछापमा जीप दुर्घ-टना हुदा ६ जना घाइते


रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा जीप दुर्घ-टना हुदा ६ जना घाइते भएका छन् ।



आज बिहान लोप्राङबाट बेथानकै डहु तर्फ जाँदै गरेको प्रदेश ३–०१ ०२४ च ५५५२ नम्बरको बोलेरो दुर्घ-टना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको सबैको बेथान स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।




चालक लोप्राङका २२ वर्षीय रामशरण श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...