नवलपुरमा बजारमा भन्दा गाउँ र पहाडमा संक्रमण बढी
नवलपुर । पूर्वी नवलपरासीमा बजारमा भन्दा गाउँ र पहाडमा संक्रमण दर बढ्दो पाइएको छ ।
पछिल्लो समय नवलपुरको कावासोती नगरपालिका बाहेकका अन्य पालिकाहरुले गाउँ तथा पहाडी क्षेत्रमा एन्टिजेन परीक्षणबाट कोरोना परीक्षण गरेको छ ।
गाउँ तथा पहाडी क्षेत्रमा १ सय जनामा ३० देखि ३५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
सहर तथा बजार क्षेत्रमा भने अहिले संक्रमण फैलने दर विस्तारै कम भएको स्वास्थ्य कार्यालय नवलपुर प्रमुख केशव चापागाईले बताए ।
उनका अनुसार सहरी क्षेत्रमा एक सय जनामा कोरोना परीक्षण गर्दा १० देखि २० जनामा अझै पनि कोरोना पोजेटिभ देखिएको छ ।
तथापि बौदीकाली गाउँपालिकामा अन्य पहाडी क्षेत्रको तुलनामा संक्रमणदर कम देखिएको छ ।
त्यसैगरी कावासोती र गैडाकोटको पहाडी क्षेत्रमा कोरोना परीक्षण अझै हुन सकेको छैन् ।