निकुञ्जका कारण रोकियो त्रिवेणी दुम्किबास सडक निर्माणः मुख्य मन्त्री
नवलपुर । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले चितवन राष्ट्रिय निकुञ्जका कारण त्रिवेणी दुम्किबास सडक खण्ड निर्माण अगाडि बढ्न नसकेको बताएका छन् ।
विहीबार विश्वासको मत लिने क्रममा संसदमा उठेको प्रश्नहरु माथि जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।
आफू ३ बर्ष लगातार पटक पटक कहिले प्रधानमन्त्रीसँग तथ कहिले निकुञ्जमा धाइरहेको बताउँदै उनले आगामी बर्षदेखि भने सडक निर्माणको काम शुरु हुने सक्ने बताए ।
दुम्किबास त्रिवेणी सडक बनाउने प्रदेश सरकारको चाहाना रहेको दोहोर्याउँदै उनले उक्त सडक निर्माणमा सरकार लागि परेको दावी गरे ।
गण्डकी सरकारको महत्वकांक्षी योजना मध्येको एउटा योजना भारतको सीमासँग गण्डकी प्रदेशलाई सोझै जोड्ने एक मात्र नाका त्रिवेणी भन्सार जोड्न दुम्बिास त्रिवेणी सडक निर्माण गण्डकी सरकारकै लागि महत्वपूर्ण मानिएको छ ।
मुख्य मन्त्री गुरुङ मुख्य मन्त्री भए लगतै आफ्नो पहिलो प्राथमिकता त्रिवेणी दुम्किबास सडक निर्माण रहेको बताएका थिए ।
live
https://www.facebook.com/watch/live/?v=837808796856200&ref=watch_permalink