वैकल्पिक सरकारका लागि पृथ्वीसुब्बाको पनि दाबी
पोखरा । गण्डकी प्रदेशमा वैकल्पिक सरकार निर्माणका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेका छन् ।
जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको पत्रका आधारमा उनले दाबी पेस गरेका हुन् ।
सरकार बनाउन भन्दा पनि अर्को सरकार बनाउन नदिन र संसद विघटनतिर लैजान यो चलखेल भइरहेको बुझिएको छ ।
जनमोर्चाका २ र जसपाका २ सांसदको समर्थन विपक्षी गठबन्धनलाई कायमै छ ।