संसदबाट विश्वासको मत नपाएका पृथ्वीसुब्बाको दाबी अवैधानिक : विपक्षी गठबन्धन
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैकल्पिक सरकार गठनका लागि दाबी पेस गर्नु नै अवैधानिक रहेको विपक्षी गठवन्धनले बताएको छ ।
राष्ट्रिय जनमोर्चा संसदीय दल नेता पियारी थापाले पार्टीको साधारण सदस्यसमेत नभएको व्यक्ति (कृष्ण थापा) को समर्थको पत्र देखाएर दाबी गर्ने कुनै आधार नभएको बताइन् ।
३ दिन अघि त्यहि संसदबाट विश्वास गुमाएको मुख्यमन्त्रीले फेरि सरकार बनाउँछु भनेर दाबी गर्नु आफैमा हास्यस्पद रहेको माओवादीका एक सांसदको भनाइ छ । उनले भने, ‘प्रदेश प्रमुखलाई रनभुल्लमा पारेर सदन विघटनतिर लैजाने खेलका रुपमा हामीले यसलाई बुझेका छौं ।
गुरुङले जनमोर्चा र राजमोको पार्टी कमिटीको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी गरेका थिए ।
यसअघि विपक्षी गठवन्धनले हिजो नै ३१ जनाको हस्ताक्षरसहित दाबी पेस गरिसकेको छ । अहिले पनि ३१ जना सांसद एकै ठाउँका बसेका छन् । संसद विघटन हुनसक्ने हल्ला चलेपछि उनीहरु अहिले प्रदेश प्रमुखको निवासतिर आउन लागेका छन् ।