प्रदेश प्रमुखले दिएको समय सकिएपछि विपक्षी सांसद प्रदेश प्रमुख निवासमा पुगे
वैकल्पिक सरकार निर्माण्को दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय सकिएपछि विपक्षी सांसद प्रदेश प्रमुख निवासमा पुगेका छन् ।
सरकार निर्मााणका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेपछि प्रदेश सभा विघटन हुने आशंकामा त्यसो हुन नदिन उनीहरु त्यहाँ पुगेका हुन् ।
अहिले प्रदेश प्रमुख निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विपक्षी सांसदहरुलाई भित्र पस्न दिइएको छैन् ।