तानाशाही बाटोमा सरकार




संसद विघटन गरेर चुनाव घोषणा गरेको बर्तमान केपी सरकार क्रमशः अलोकतान्त्रिक बाटोमा हिडेको महशुस प्रष्टसंग हुन थालेको छ ।  विभिन्न बहाना बनाएर वर्तमान केपी सरकार र राष्टूपतिको मिलेमतोमा पछिल्लो समयमा क्रमश सरकारले अलोकतान्त्रिक कदम मात्र होईन कि सरकारका कदमहरुको सुक्ष्म विश्लेषण गर्ने हो भने वर्तमान सरकार निरंकुशताको बाटोमा हिडेको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमोतोमा षडयन्त्रपूर्ण तरिकाबाट नेपालको संसद अनायसै विघटन गरियो । संसद विघटन गरी चुनावको घोषणा गरे पछि कामचलाउ बनेको वर्तमान केपी सरकारले संविधान विपरित राजनैतिक नियुक्तिहरुबाट लिएर शाही शैलीमा मन्त्रीहरुको नियुक्ति गर्ने गरेको छ । संविधान अनुसार निर्वाचन घोषणा गरेको कामचलाउ सरकारले मन्त्री परिषद विस्तार गर्न पाईदैन ।




पर्यावरण नै ध्वस्त हुने गरी चुरेबाट नदीजन्य बस्तु निकासीको सरकारी निर्णय गलत रहेको भन्दै बालुवाटारमा प्रधानमन्त्री निवास बाहिर शान्तिपूर्ण विरोध प्रदर्शन गरेको नागरिक समाज अगुवाहरुलाई विरोधका क्रममा गिरफतार गरेको छ । यसैगरी समसामयिक एवं सार्वजनिक सरोकारका विषयमा माईतीघर मण्डलाबाट विद्यार्थीको एक समूहलाई सरकारले अनायासै गिरफ्तार गरेको प्रति देशका सबै पक्षको ध्यान गएको छ । देशमा नागरिकको अभिव्यक्त स्वतन्त्रताको अधिकार हननमा समेत सरकार लागेको छ ।

 



सम्बन्धित
Loading...