कावासोतीमा टिप्परमा एक्कासी आगलागी
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ कोल्टाँडीमा टिप्परमा एक्कासी आगलागी भएको छ ।
पश्चिमबाट पूर्व आउँदै गरेको लु २ ख ३६६७ नम्बरको टिप्परमा आगलागी भएको हो । आगो अहिले नियन्त्रणमा आएको छ ।
आगलागीबाट टिप्परको भित्री भाग जलेर क्षति भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
