आफ्नै श्रीमतीमाथि एसिड प्रहार गर्ने पुरुष पक्राउ


आफ्नै श्रीमतीमाथि एसिड प्रहार गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।



चन्द्रपुर नगरपालिका ४ चपुर चोक बस्ने आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा ४२ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबिच घरायसी झै—झगडा हुँदा आफ्नै श्रीमतीलाई सुन पखाल्न प्रयोग हुने एसिड प्रहार गरेका थिए । एसिड प्रहारपछि उनी घाइते भएकी थिइन् । ईलाका प्रहरी कार्यालय चपुरबार खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।




घाइतेको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...