पूर्वी पश्चिम लोकमार्ग अवरुद्ध, बुटवल–देवदह खण्डमा डाइभर्सन भासियो




बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको चरंगे नजिक डाइभर्सन गरेको सडक भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न डाइभर्सन बनाइएको थियो ।

डाइभर्सन भासिँदा मध्यान्न साढे १२ बजेदेखी सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लीनारायण पाण्डेले बताए। सडक भासिएपछि गन्तव्यमा हिडेका सवारी साधन दुबै तर्फ अलपत्र परेका छन् ।

 



सम्बन्धित
Loading...