रुपन्देहीको खोलामा एक महिलाको शव फेला


रुपन्देहीको देवदहमा खोलाले बगाएर ल्याएको एक महिलाको शव आज विहान फेला परेको प्रहरीले जनाएको छ ।



रोहिणी खोलाले बगाएर ल्याएको ४०–५० वर्षको महिलाको शव देवदह–८ टटेरामा फेला परेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतले जानकारी दिए।

महिलाको शव स्थानीय देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...