दस लाख बढी मूल्यको अवैध खसी बरामद
परासी । नवलपरासी (पश्चिम) प्रहरीले बिहीबार भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी १० लाख १२ हजार मूल्य बराबरका अवैध खसी बरामद गरेको छ ।
बिहीबार दिउँसो १:३० बजेको समयमा भारतबाट नेपालतर्फ अवैधरुपमा ४६ वटा खसी ल्याउँदै गरेकोमा सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं ४ दरखासेबाट बरामद गरेको हो ।
उक्त खसी मानिसले पैदल डोरीमा बाँधी ल्याउँदै गर्दा प्रहरी टोलीलाई देखेर भागेका थिए । बरामद खसी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
